काठमाडौं । सेयर बजारमा बिहीबार गिरावट देखिएको छ । नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा झरेको हो।
आज १ करोड ८ लाखभन्दा बढी कित्ता सेयर ४ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ। बजारमा ६४ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको घटेको छ भने १० कम्पनी स्थिर रहेका छन्।
गिरावटबीच केही कम्पनीका सेयर भने बढेका छन्। अप्पर लोहोरे खोला हाइड्रोपावर १५ प्रतिशतले बढ्दा कालंगा हाइड्रो, एनआईबीएल समृद्धि, एनआईबीएल स्टेबल फण्ड र सानिगाढ हाइड्रोमा पनि सकारात्मक वृद्धि देखिएको छ।


































