National life

सेयर बजार सुस्ताउँदा पनि यी कम्पनीमा देखियो उच्च कारोबार

यी कम्पनीको सेयरमा बढ्यो लगानीकर्ताको चाप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२२ साउन २०८३, शुक्रबार
3KShares
सेयर बजार सुस्ताउँदा पनि यी कम्पनीमा देखियो उच्च कारोबार
ncell

काठमाडौं। सेयर बजारमा गिरावटको क्रम अझै रोकिएको छैन। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ४.०५ अंकले घट्दै २६५०.०९ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल १ करोड २ लाख ९९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा आज पनि घट्ने कम्पनीको संख्या धेरै देखिएको छ। ८४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८५ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनी स्थिर रहेका छन्।

यस दिन आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ। त्यस्तै, एचएलआई लार्ज क्याप फण्ड ५.१८ प्रतिशत, एनआईसी एसिया ब्यालेन्स फण्ड ५.१६ प्रतिशत, सोलु हाइड्रोपावर ४.२१ प्रतिशत र एनआईसी एसिया सेलेक्ट फण्ड ३.९७ प्रतिशतले उकालो लागेको छ।

त्यसैगरि, सोलु हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३९ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

रिडी पावरको २३ करोड २ लाख, सानिमा बैंकको १७ करोड ८ लाख, खानीखोला हाइड्रोपावरको १३ करोड ६० लाख, आँखुखोला जलविद्युतको ११ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

समग्रमा बजारमा बिक्री दबाब कायम रहँदा सूचकमा निरन्तर गिरावट देखिएको हो।

यो समाचार शेयर गर्नुहोस्
3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?