काठमाडौँ। नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघको फागुन ०५ गतेको बैठकको निर्णय अनुसार, फागुन ०६ गतेदेखि लागू हुने गरी अण्डाको मूल्य बढाइएको हो ।
अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४४५ रुपैयाँ, ठुलो अण्डाको ४२५ र मिडियम अण्डाको ३७५ रुपैयाँ निर्धारण गरिएको छ।
संघका सचिब मदन पोखरेलका अनुसार, चितवनबाट लोड भई देशभरका अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी रु १३० थप लाग्नेछ।






































