National life

अण्डाको मूल्य समायोजन: मङ्गलवार देखी लागू हुनेगरि नयाँ मूल्य कायम

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२२ मंसिर २०८२, सोमबार
769Shares
अण्डाको मूल्य समायोजन: मङ्गलवार देखी लागू हुनेगरि नयाँ मूल्य कायम
ncell

काठमाडौँ। पछिल्ला वर्षहरूदेखि लागत मूल्य नपाएर लगातार घाटा बेहोर्दै आएका नेपाल लेयर्स कुखुरा पालक सङ्घले अन्ततः किसानले उचित मूल्य पाउने व्यवस्था गर्न सफल भएको छ। लागत मूल्य नपाउँदा झण्डै ७५ प्रतिशतभन्दा बढी किसान व्यवसायबाट विस्थापित भएपछि किसानलाई टिकाउ रूपमा नाफा हुनेगरी अण्डाको नयाँ मूल्य निर्धारण गरिएको सङ्घले जनाएको छ।

देशभरका पोल्ट्री फार्महरूको उत्पादन लागत, आपूर्ति अवस्था र बजार मूल्यलाई आधार मान्दै नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारबाट लागू हुनेगरी समर्थन मूल्य सार्वजनिक गरेको हो।

नयाँ मूल्य अनुसार ठूलो (एक्सएल) अण्डाको प्रतिक्रेट ५८० रुपैयाँ, ठूलो अण्डा ५६५ रुपैयाँ र मिडियम अण्डा ५५० रुपैयाँ कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि गत साउनमा ठूलो अण्डाको मूल्य हालसम्मकै उच्च ५६० रुपैयाँ पुगेको थियो तर पछि क्रमशः घट्दै ४०० रुपैयाँसम्म झरेको थियो। नयाँ दर यसअघिको मूल्यभन्दा प्रतिक्रेट २० रुपैयाँले बढेको सङ्घले जनाएको छ।

सङ्घका अनुसार सीमाबाट अवैध रूपमा भारतीय अण्डा प्रवेश रोकिन थालेपछि नेपाली अण्डाले पुनः लागत मूल्य पाउन थालेको हो, जसले मूल्य स्थिरीकरणमा सकारात्मक प्रभाव पारेको छ। हाल नेपालमा दैनिक करिब ४० लाख गोटा अण्डा उत्पादन हुने अनुमान छ।

मूल्यमा आएको अस्थिरता र लागत मूल्य नपाउँदा धेरै साना किसान व्यवसाय छोड्न बाध्य भए भने ठूलो लगानी र बैंकिङ् ऋण लिएर कुखुरा पालन गर्ने किसानहरूले मात्र उत्पादन निरन्तरता दिन सकेका छन्। किसान संरक्षण र पोल्ट्री उद्योग सुदृढीकरणका लागि नयाँ मूल्य महत्वपूर्ण कदम मानिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
769SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?