काठमाडौं । अब संस्थागत मुद्दतिको ब्याजदर व्यक्तिगत मुद्दतिको भन्दा १ प्रतिशत बिन्दुसम्म मात्रै कम राखे हुने भएको छ । सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत केन्द्रीय बैंकले उक्त व्यवस्था गरेको हो ।
समीक्षामा भनिएको छ, ‘संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ ।’ हाल व्यक्तिगत मुद्दतिमा दिएको अधिकतम ब्याजदरको २ प्रतिशत बिन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ ।































