National life
cg eloctronics

अमेरिकी डलरको मूल्य लगातार उच्च बिन्दुमा, कुन देशको मुद्राको सटही दर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ कात्तिक २०८१, शनिबार
1.6kShares
अमेरिकी डलरको मूल्य लगातार उच्च बिन्दुमा, कुन देशको मुद्राको सटही दर कति ?
muktinatha bikash bank

काठमाडौँ । अमेरिकी डलरको मूल्य लगातार तेस्रो दिन पनि बढेको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जीतसँगै बढेको अमेरिकी डलरको मूल्य आज शनिवारका दिन समेत बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा रहेको छ भने खरिददर १३४ रुपैयाँ ७१ पैसा रहेको छ। यो मूल्य आजसम्मकै उच्च हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

शुक्रबार डलरको यस्तो दर क्रमशः १३५ रुपैयाँ ३० पैसा र १३४ रुपैयाँ ७० पैसा थियो। अघिल्लो दिनको तुलनामा यस दिन डलरको मूल्य १ पैसा बढेको हो। त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ ४२ पैसा र बिक्रीमा १४६ रुपैयाँ ७ पैसा कायम रहेको छ ।

everest bank

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ५४ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४५ पैसा रहेको नेपाल राष्टबैंकले जनाएको छ ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३७ रुपैयाँ १२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३ पैसा तोकेको छ। भने युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८४ पैसा रकेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.71 135.31
eur (European Euro)
1 145.42 146.07
gbp (UK Pound Sterling)
1 174.77 175.54
chf (Swiss Franc)
1 154.78 155.47
aud (Australian Dollar)
1 89.47 89.87
cad (Canadian Dollar)
1 97.02 97.45
sgd (Singapore Dollar)
1 101.98 102.44
jpy (Japanese Yen)
10 8.85 8.89
cny (Chinese Yuan)
1 18.80 18.89
sar (Saudi Arabian Riyal)
1 35.87 36.03
qar (Qatari Riyal)
1 36.95 37.12
thb (Thai Baht)
1 3.96 3.98
aed (UAE Dirham)
1 36.68 36.84
myr (Malaysian Ringgit)
1 30.74 30.88
krw (South Korean Won)
100 9.72 9.76
sek (Swedish Kroner)
1 12.57 12.63
dkk (Danish Kroner)
1 19.50 19.59
hkd (Hong Kong Dollar)
1 17.33 17.41
kwd (Kuwaity Dinar)
1 439.42 441.38
bhd (Bahrain Dinar)
1 357.33 358.92

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?