काठमाडौं । ग्लोबल आइएमई बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले व्यक्तिगत निक्षेपमा ब्याजदर यथावत राखेको छ भने संस्थागत निक्षेपमा भने कमी गरेको छ।
बैंकका अनुसार असोज महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत ब्याजदर लागू हुनेछ। यसअघि भदौ महिनामा पनि व्यक्तिगततर्फ अधिकतम ब्याजदर ६ प्रतिशत तोकिएको थियो।
संस्थागत निक्षेपतर्फ भने भदौमा दिइएको अधिकतम ४.२५ प्रतिशत घटाएर असोज महिनामा ३.२५ प्रतिशतमा झारिएको छ।
असोज महिनामा व्यक्तिगत निक्षेपका लागि बैंकले यसरी ब्याजदर निर्धारण गरेको छः
-
३ देखि ६ महिना : ३.७५ प्रतिशत
६ महिना–१ वर्ष : ४ प्रतिशत
१–२ वर्ष : ५ प्रतिशत
२–३ वर्ष : ५.७५ प्रतिशत
३ वर्ष वा सोभन्दा बढी : ६ प्रतिशत
संस्थागत निक्षेपकर्ताका लागि भने ६ महिना–१ वर्ष अवधिको निक्षेपमा २.७५ प्रतिशत र १–२ वर्ष अवधिका लागि ३.२५ प्रतिशत ब्याजदर लागू हुने बैंकले जनाएको छ।































