काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले असोज महिनामा व्यक्तिगत र संस्थागत मुद्दती निक्षेप दुबैका लागि ब्याजदर स्थिर राखेको जनाएको छ।
बैंकका अनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ब्याजदर ६ प्रतिशत कायम गरिएको छ। यसअन्तर्गत असोज महिनामा लागू हुने ब्याजदर यसरी तोकिएको छः
त्यस्तै, संस्थागत निक्षेपमा पनि दरमा कुनै परिवर्तन गरिएको छैन।
असोज महिनामा संस्थागत मुद्दती निक्षेपतर्फ अधिकतम ४ प्रतिशत ब्याजदर लागू हुनेछ।
व्यक्तिगत मुद्दती निक्षेप
अधिकतम ब्याजदर : ६%
३–६ महिना : ३.५०%
६ महिना–१ वर्ष : ३.७५%
१–३ वर्ष : ५%
३ वर्षभन्दा बढी : ६%
संस्थागत मुद्दती निक्षेप
अधिकतम ब्याजदर : ४%
६ महिना–२ वर्ष : ३%
२–३ वर्ष : ३.५०%
३ वर्षभन्दा बढी : ४%































