National life

आइएमई लाइफद्वारा १४.५० करोड नाफा आर्जन, जीवन बीमा कोष ४२.७२ प्रतिशतले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ कात्तिक २०८१, बिहिबार
450Shares
आइएमई लाइफद्वारा १४.५० करोड नाफा आर्जन, जीवन बीमा कोष ४२.७२ प्रतिशतले वृद्धि
ncell

काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १४ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको भन्दा ११ दशमलव २२ प्रतिशतले बढी हो। गत आवमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो। यस अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी रहेको छ। गत आवमा कम्पनीको यस्तो आम्दानी १ अर्ब ३६ करोड रहेको थियो।

त्यस्तै ,यस समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ४२.७२ प्रतिशतले बढेर १० अर्ब ७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। गत आवमा यस्तो कोष ७ अर्ब ५ करोड रुपैयाँ रहेको थियो।

कम्पनीले गत आवमा १ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा उक्त रकम १ अर्ब २१ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ६० पैसा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ६६ पैसा छ।

चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीले पहिलो त्रैमाससम्म रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड ३१ लाख रुपैयाँ, महाविपत्ति कोषमा १९ करोड ४१ लाख रुपैयाँ रहेको छ।

 

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
450SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?