National life

आइएमई लाइफले मार्यो छलाङ्ग,नाफामा करिव २ गुणाको वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ माघ २०८०, आइतबार
533Shares
आइएमई लाइफले मार्यो छलाङ्ग,नाफामा करिव २ गुणाको वृद्धि
ncell

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म कम्पनीले २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिसम्मको तुलनामा ९६.१४ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष सोही अवधिसम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेको थियो।

यस अवधिसम्ममा कम्पनीले २ अर्ब १० करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन गत वार्थिक बर्षको भन्दा १२.३३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।

कम्पनीले यस अवधिमा १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। जुन गत आर्थिक बर्षको भन्दा ११.२० प्रतिशतले बढी हो।गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

हाल ४ अर्ब रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको यस अवधिमा महाविपत्ति कोषमा १५ करोड ३५ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ११.७४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.२७ रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?