National life

आईआईएनद्वारा बीमा सर्भेयरको आधारभूत तालिम आयोजना गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ वैशाख २०८२, आइतबार
462Shares
आईआईएनद्वारा बीमा सर्भेयरको आधारभूत तालिम आयोजना गरिने
ncell

काठमाडौँ । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बीमा सर्भेयरको आधारभूत तालिम कार्यक्रम आयोजना गर्ने भएको छ ।

आईआईएनका अनुसार घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनियरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमाको सर्भेयर सम्बन्धी आधारभूत तालिम आयोजना गर्न लागिएको हो ।

तालिममा भाग लिन चाहने व्यक्तिले बीमा नियमावली, २०८१ बमोजिम बीमा सर्भेयर हुने योग्यता हासिल गरेको हुनुपर्ने जनाइएको छ ।

इच्छुक व्यक्तिले इञ्जिनियरिङ विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको, चार्टर्ड एकाउन्टेन्ट परीक्षा उत्तीर्ण गरेको र स्नातक उपाधि हासिल गरेको तथा कुनै निर्जीवन, लघुनिर्जीवन वा पुनर्बीमा वा नेपाल बीमा प्राधिकरण कम्तीमा १० वर्ष अधिकृतस्तरको पदमा काम गरेको वा स्नातक उपाधि हासिल गरेको तथा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त बीमा सम्बन्धी इन्स्टिच्युटबाट निर्जीवन बीमामा एसोसिएटसीप वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इन्स्टिच्युटका अनुसार तालिममा भाग लिनका लागि आगामी वैशाख १९ गतेसम्म आवेदन दिन सकिने छ । पहिले आवेदन दिनेलाई पहिलो प्राथमिकताका आधारमा छनौट गरी प्रत्येक समूहमा ३० जनाका दरले तालिम सञ्चालन गरिने आईआईएनले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
462SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?