National life

आईएमई लाइफको टाइम्स थ्री बिजनेस समिट सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ मंसिर २०८१, शनिबार
495Shares
आईएमई लाइफको टाइम्स थ्री बिजनेस समिट सम्पन्न
ncell

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आ.व. २०८०र०८१ मा प्रिमियर क्लब बिजेता एजेन्सी म्यानेजरहरुको लागि टाइम्स थ्री विजनेस समिट चितवन जिल्लाको जगतपुर स्थित टाइगरल्याण्ड सफारी रिसोर्टमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ६० जना भन्दा बढी उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी म्यानेजरहरुको सहभागीता रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हरेक बर्ष आयोजना हुने यो कार्यक्रम कम्पनीले आफ्ना एजेन्सी लिडरहरुलाई सहभागी गराएर गर्ने मध्येको दोश्रो ठूलो बिजनेस समिट हो। कार्यक्रमको उ‌द्घाटन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले पानसमा बत्ती बालेर गर्नु भएको थियो भने नायव प्रमुख कार्यकारी अधिकृतद्वय दिनेश अमात्य र खिलेन्द्र पौडेलले उक्त कार्यक्रमको पृष्ठभूमी तथा उदेश्यको विषयमा मन्तव्य राख्नु भएको थियो ।

यसैगरी बागमति प्रदेश प्रमुख चन्द्र प्रसाद भट्टराईले सहभागीहरुलाइ स्वागत गर्नुभएको थियो भने चिफ स्ट्राट्रेजि अफिसर आई.आर. सुवेदीले कसरी एजेन्सी म्यानेजरहरुले आफ्नो आम्दानीलाई ३ गुणाले वृद्धि गर्न सक्नेछन भनि आइडिया शेयर गर्नु भएको थियो। कार्यक्रमको व्यवस्थापन समन्वयात्मक रुपमा एजेन्सी विभाग, तालिम विभाग र ब्राण्डिङबाट भएको थियो ।

उपस्थित सहभागीहरुलाई मानिसिक रुपमा स्वस्थ र स्फूर्त हुनुपर्दछ भन्दै सामाजिक व्यत्तित्व बिजय राज सिग्देलले २ घण्टाको तनाब व्यवस्थापन तथा स्वव्यवस्थापन सम्बन्धमा आध्यात्मिक सहभागीतामूलक प्रस्तुती दिनुभएको थियो ।

सहभागीहरुको अत्यन्त उत्साहपूर्ण सहभागीता रहेको उक्त कार्यक्रममा सबैलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो, सम्मानित भएपछि सबै सहभागीहरुले आगामी वर्षको कार्यक्रममा अझ उत्कृष्ट व्यवसाय गरी कम्पनीलाई उत्कृष्ट कम्पनी बनाउने सामूहिक प्रतिबद्धता गर्नुभएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?