काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले असोज महिनामा झन्डै पौने तीन करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । कम्पनीमा एक महिनामा परेको ४८ वटा बीमालेखहरु दाबीबाट बीमितहरुलाई २ करोड ७१ लाख २२ हजार २०८ रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो ।
आफ्नो उद्देश्य अनुसार नै कम्पनीले दावी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्दै आएको छ ।




































