National life

आई.एम.ई. लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ह्याम्स अस्पतालमा छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ वैशाख २०८२, आइतबार
399Shares
आई.एम.ई. लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ह्याम्स अस्पतालमा छुट
ncell

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीले अबदेखि ह्याम्स अस्पतालबाट उपचार सेवा लिँँदा १० प्रतिशत छुट साथै औषधि खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।

आई.एम.ई लाइफ र ह्याम्स अस्पतालबीच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारी भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (आईएमई लाइफ मोबाइल एप) मा रहेको बीमालेख देखाउनु पर्नेछ । अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गरेर उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।

यस किसिमको सहकार्यले एक तर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने इन्स्योरेन्सले जनाएको छ । भविष्यमा उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज र स्तरीय बनाउँदै लैजाने लक्ष्य लिएको इन्स्योरेन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
399SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?