National life

आजदेखि सर्वसाधारणका लागि नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ फागुन २०८१, आइतबार
635Shares
आजदेखि सर्वसाधारणका लागि नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ खुला
ncell

काठमाडौँ । नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडले सर्वसाधारणका लागि आज आइतबार फागुन ११ गतेदेखि आइपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको हो । यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै नबिकेमा भने फागुन २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।

यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।

केयर रेटिङ नेपालले नेपाल माइक्रो इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ भदौ ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ भदौ ६ गतेसम्म बाहल रहनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?