National life

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, १७ लाख बढीको हात खाली हुने निश्चित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० फागुन २०८१, मङ्गलबार
517Shares
नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने, १७ लाख बढीको हात खाली हुने निश्चित
ncell

काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ बिहीबार (फागुन २२ गते) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक रहेको एनआइएमबी एस क्यापिटलका अनुसार बिहीबार बिहान ८.३० बजे आफ्नै कार्यालय लाजिम्पाट काठमाडौँमा आइपीओ बाँडफाँट गर्ने अन्तिम तयारी भएको जानकारी दिएको छ ।

उक्त, आइपीओमा मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसर्थ गोला प्रथाबाट आइपीओ बाँडफाँट गरिने भएको छ। यसमा १९ लाख ९७७ जनाले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका छन्।

जसमा १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १७ लाख १७ हजार ४७७ जनाको भने हात खाली हुनेछ । कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?