National life

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा पहिलो दिनमै ३ लाख ७६ हजार बढीले दिए आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ फागुन २०८१, आइतबार
495Shares
नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा  पहिलो दिनमै ३ लाख ७६ हजार बढीले दिए आवेदन
ncell

काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा आवेदन दिने पहिलो दिनमै ४९ लाख ४५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ ।

आइतबार (फागुन ११ गते) साँझसम्ममा ३ लाख ७६ हजार ५८४ जना सर्वसाधारण आवेदकहरुले ४९ करोड ४५ लाख ८०४ हजार कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले उल्लेख गरेको छ । यो आवेदन मागभन्दा २.६८ गुणा बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले आइतबारदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको छ। यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।

यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?