National life

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०६ चैत २०८२, शुक्रबार
951Shares
आज देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको चेतावनी
ncell

काठमाडौँ। आज मध्यान्हपछि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही क्षेत्रमा मेघगर्जन,चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ।

विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महाशाखाका अनुसार आज दिउँसो र राति देशका अधिकांश स्थानमा बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
951SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?