काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड का शेयरधनीले आजसम्म नेप्सेमा कारोबार भएका शेयरका आधारमा लाभांश प्राप्त गर्ने र साधारणसभामा सहभागी हुने मौका पाउने भएका छन्।
आगामी मंसिर ८ गते लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकोले आजसम्म शेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (मंगलबार)देखि बुक क्लोज गर्ने निर्णय गरेको छ।
संस्थाको १२औँ वार्षिक साधारण सभा मंसिर १२ गते, शुक्रबारका दिन वेष्टर्न एशियन होटल प्रा.लि., बुटवल, रुपन्देहीमा आयोजना हुनेछ।
सभाले चालु आर्थिक वर्षका लागि हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ।


































