National life

आर्थिक शिथिलताको असर : बैंकहरुको खराब कर्जा १२ %ले चुलियो, कुन बैंकको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० साउन २०८२, शुक्रबार
363Shares
आर्थिक शिथिलताको असर : बैंकहरुको खराब कर्जा १२ %ले चुलियो, कुन बैंकको कति ?
ncell

काठमाडौँ । पछिल्लो समय बैंक वित्तीय संस्थामा बजारमा देखिएको आर्थिक शिथिलताको प्रत्यक्ष असर र प्रभाव देखिएको छ। आर्थिक मन्दी र बढ्दो महँगीको कारण समयमा लगानी नउठ्दा बैंकहरुको खराब कर्जामा झन् वृद्धि हुँदै गएको छ ।

गत आर्थिक वर्ष २०८१।८२ को असार मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको खराब कर्जा १२.९२ प्रतिशतले बढेको छ।

Royal Enfield
nic asia capital
बैंकहरुले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आवको चौथो त्रैमाससम्म बैंकहरुको खराब कर्जा औषतमा ०.४८ प्रतिशतले बढेको उल्लेख छ ।

साथै, आव २०८१/८२ को असार मसान्तसम्म १३ वटा बैंकहरुको खराब कर्जा बढेको छ भने बाकी सात बैंकको खराब कर्जामा गिरावट देखिएको छ । जस अनुसार यस अवधिमा एनआईसी एशिया बैंकको खराब कर्जा सर्वाधिक बढेको छ ।

अघिल्लो आवमा ३.४५ प्रतिशत रहेको एनआईसी एशियाको खराब कर्जा यस अवधिसम्म बढेर २.८३ प्रतिशतले बढेर ६.२८ प्रतिशत पुगेको छ।  त्यस्तै प्राइम कमर्सियल, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन बैंक र एनआईसी एशयिा बैंकको खराब कर्जा ५ प्रतिशत भन्दा माथि रहेको छ।

भने खराब कर्जा घटाएका बैंकहरुमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट बैंक र कृषि विकास रहेका छन् ।

                                                 तालिकामा हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
363SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?