पोखरा । ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।
गत जेठ ५ गतेबाट फरार भएका इमेज सहकारीका संस्थापक अध्यक्ष मेयर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारीको झण्डै सवा २ अर्ब रुपैयाँ अपचलन गरेकोे आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।
मेयर नेपालीलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ जना पुर्पक्षका लागि थुनामा छन् ।
बागलुङ बजारमा मुख्य कार्यालय खोलेर बुर्तिवाङ, गलकोटमा सेवा कार्यालयका नाममा कारोबार गरेको इमेज सहकारीले १ अर्ब ३८ करोड र देवकुमारकै नेतृत्वमा इमेजकै नाममा पोखरामा छुट्टै दर्ता भएको सहकारीबाट ६० करोड रुपैयाँ हिनामिना भएको भन्दै अदालतमा बिगो दाबीसहित मुद्धा दर्ता गरिएको छ । मेयर नेपाली श्रीमतीसहित फरार भएका हुन् ।































