National life

ईटहरीमा प्रभु महालक्ष्मी लाईफको अभिकर्ता क्षमता अभिबृद्धी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ फागुन २०८०, शनिबार
567Shares
ईटहरीमा प्रभु महालक्ष्मी लाईफको अभिकर्ता क्षमता अभिबृद्धी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्सले शनिवार ईटहरीको होटल त्रियुगामा अभिकर्ताको क्षमता बिकास तालिम सम्पन्न गरेको छ । कार्यक्रममा उप क्षेत्रीय कार्यलय अन्तर्गतका ईटहरी ,ईनरुवा, धरान, भोजपुर , गाईघाट , धनकुटा शाखा तथा क्षेत्रीय कार्यलय अन्तर्गतको बिराटनगर शाखामा आवद्ध भै उत्कृष्ट कार्य गर्ने तीन सय भन्दा बढी एजेन्सी म्यानेजर को उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न शीर्षकमा उत्कृष्ट ब्यबसाय गरेका ५५ जना बरिस्ठ एजेन्सी म्यानेजरलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उपहार तथा सम्मान प्रदान गरेका थिए । शाखामा रहेर उत्कृष्ट ब्यवसाय गरे बापत उनीहरुलाई सम्मान तथा उपहार प्रदान गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा कम्पनीका तालिम बिभाग प्रमुख योगेन्द्र खतिवडाले अभिकर्ताको क्षमता अभिबृद्धी सम्बन्धि, अभिकर्ताले सेवाग्राहीसँग प्रस्तुत हुने व्यबहार,सफलताका सुत्र , कम्पनीका बिमा योजना तथा कार्यदक्षताका विधि र नियमका बारेमा सरल रुपमा प्रशिक्षण दिएका थिए ।

प्रमुख कार्यकारी अधिकृतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिईओ प्रसाईंले अभिकर्ताले आफ्नो क्षमतामा कसरी निखार ल्याउनु पर्छ बन्ने बिषयमा उत्प्रेरणात्मक मन्तब्य राख्नु भएको थियो ।

यस्तै ,कार्यक्रममा डेपुटी नेसनल सेल्स हेड टीका दत्त प्याकुरेल ,कोशि प्रदेश क्षेत्रीय प्रमुख पुष्कर भट्टराई , उप क्षेत्रीय प्रमुख जगतनाथ फुयाँलको उपस्थिति रहेको थियो ।कार्यक्रम समापन गर्दै उप क्षेत्रीय प्रमुख फुयाँलले अभिकर्ताको धर्म र कर्मको बारे बोल्दै तालिमको समापन गरेका थिए । उप क्षेत्रीय कार्यलयले आयोजन गरेको उक्त कार्यक्रम ईटहरी शाखाका शाखा प्रमुख नगेन्द्र भट्टराई “ सुरेश“ ले संचालन गरेका थिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?