National life

उद्योग पुनर्स्थापनाका लागि सस्तो कर्जा, सरकारबाट २% ब्याज अनुदान

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|१० असोज २०८२, शुक्रबार
1KShares
उद्योग पुनर्स्थापनाका लागि सस्तो कर्जा, सरकारबाट २% ब्याज अनुदान
ncell

काठमाडौं । जेनजी आन्दोलनबाट प्रभावित उद्योगी तथा व्यवसायीका लागि नेपाल राष्ट्र बैंकले विशेष कर्जा सुविधा ल्याएको छ। केन्द्रीय बैंकले शुक्रबार जारी गरेको परिपत्रअनुसार, व्यवसाय पुनर्स्थापना गरी सञ्चालनका लागि प्रवाह हुने कर्जामा आधारदरमा बढीमा ०.५ प्रतिशत मात्र प्रिमियम थप्न पाइने व्यवस्था गरिएको छ।

यसरी प्रवाह हुने कर्जामा स्वपुँजी अनुपात ८०ः२० भन्दा बढी भए सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्ने प्रावधानलाई एक वर्षका लागि स्थगित गरिएको छ।

Royal Enfield
nic asia capital
त्यसैगरी, आन्दोलनबाट प्रभावित रोजगारदाता संस्था वा प्रतिष्ठानले पेरोल प्रोटेक्सन स्किम अन्तर्गत पारिश्रमिक वितरणका लागि कर्जा माग गरेमा बैंक तथा वित्तीय संस्थाले आधारदरमा बढीमा ०.५ प्रतिशत प्रिमियम थपेर कर्जा उपलब्ध गराउनुपर्नेछ।

यस्तो कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ त्यति अवधिका लागि मात्र प्रवाह गर्न सकिने व्यवस्था छ। यसमा लाग्ने ब्याजदरमध्ये २ प्रतिशत ब्याजदर नेपाल सरकारले ६ महिनासम्म अनुदानस्वरूप वहन गर्नेछ।

त्यस्तै, कम्तीमा १०० जना महिलालाई रोजगारी प्रदान गर्ने, न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गर्ने र कुल उत्पादनको कम्तीमा २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई भने बैंक तथा वित्तीय संस्थाले आधारदरमा बढीमा १ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गर्न सक्ने सुविधा दिइएको छ।

यस किसिमको कर्जा सुविधा लिन इच्छुक रोजगारदाता संस्थाले २०८२ पुस मसान्तभित्र निवेदन दिनुपर्नेछ। अनुदान भने नेपाल सरकारबाट प्राप्त भएपछि मात्र ऋणीलाई उपलब्ध गराइने व्यवस्था छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?