काठमाडौं। ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य निर्धारण उल्लंघन गर्ने जोकोहीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा बजारमा ग्यास अभाव र केही स्थानमा विक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई असुविधामा पार्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका अनुसार, मध्यपूर्वमा देखिएको अस्थिर परिस्थितिले भविष्यमा ग्यास आपूर्ति नपाइने भन्ने चिन्ता उपभोक्तामा स्वभाविक रूपमा उत्पन्न भएको छ। तर, यस्तो अवस्थाको फाइदा उठाएर सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्नु गम्भीर अपराध हो।
महासंघले देशभरिका सबै विक्रेतालाई गैरकानुनी काम नगर्न र जिम्मेवार भएर सेवा प्रवाह गर्न अपील गरेको छ। संकटका बेला उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न महासंघले सरकारसँग माग गरेको छ ।
विज्ञप्ती :



































