National life

उपभोक्ता मूल्यवृद्धि दर ३४ महिनायताकै न्यून विन्दुमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ असार २०८१, बुधबार
647Shares
उपभोक्ता मूल्यवृद्धि दर ३४ महिनायताकै न्यून विन्दुमा
ncell

काठमाडौं । उपभोक्ता मूल्यवृद्धि दर ३४ महिनायताकै न्यून विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय अनुसार जेठमा उपभोक्ता मूल्यवृद्धिदर ४.१७ प्रतिशत रहेको छ।

यो मूल्यवृद्धि दर २०७८ भदौ महिना यताकै न्यून हो।

Royal Enfield
nic asia capital
२०७८ भदौमा उपभोक्ता मूल्यवृद्धिदर ३.४९ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

भदौपछिका महिनाहरूमा ४.१७ प्रतिशतभन्दा माथि रहँदै आएको र गत वर्षको जेठ महिनामा मात्रै उपभोक्ता मूल्य वृद्धिदर ६।८३ प्रतिशत थियो।

यसैबिच समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.९४ प्रतिशत छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १६.०२ प्रतिशत, दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ।

घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क ५.५१ प्रतिशत घटेको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.४७ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उप(समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशत र यातायातको ०.१८ प्रतिशतले घटेको छ।

जेठ महिनामा काठमाडौं उपत्यकाको उपभोक्ता मूल्यवृद्धि दर ४.२५ प्रतिशत, तराईको ३.८२ प्रतिशत, पहाडको ४.६३ प्रतिशत र हिमालको ४.७७ प्रतिशत छ।

अघिल्लो वर्षको सोही महिनामा काठमाडौं उपत्यकाको ७.१९ प्रतिशत, तराईको ६.९३ प्रतिशत, पहाडको ६.२८ प्रतिशत र हिमालको मूल्य वृद्धिदर ६.३९ प्रतिशत थियो।

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?