National life

ऋण असुल नहुँदा गैरबैंकिङ सम्पत्ति ५१ अर्ब नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२६ मंसिर २०८२, शुक्रबार
845Shares
ऋण असुल नहुँदा गैरबैंकिङ सम्पत्ति ५१ अर्ब नाघ्यो
ncell

काठमाडौँ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म आएर बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति ५१ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४३ अर्ब २४ करोड ३० लाख रुपैयाँ, विकास बैंकको ४ अर्ब ८४ करोड २० लाख रुपैयाँ र वित्त कम्पनीहरूको ३ अर्ब ३ करोड ९० लाख रुपैयाँ रहेको छ।

गैरबैंकिङ सम्पत्ति मुख्यतः ऋण असुल नहुँदा लिलाम प्रक्रिया मार्फत बैंकहरूले आफ्नै नाममा दर्ता गर्न बाध्य भएका घरजग्गा जस्ता धितो सम्पत्तिहरू हुन्। पछिल्लो समय कर्जा उठान सुस्त हुँदा लिलामीमा राखिएका धितो सम्पत्तिहरू सीधा खरिदकर्ता नपाएर बैंकहरूकै नाममा थुप्रिँदै आएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बजारमा देखिएको शिथिलताका कारण बैंकहरूले आफ्नै नाममा दर्ता भएका यी सम्पत्तिहरू पनि सहजै बिक्री गर्न नसकिरहेको व्यवसायिक क्षेत्रको मूल्यांकन छ।

गत तीन वर्षमा गैरबैंकिङ सम्पत्तिमा तीव्र वृद्धि भएको तथ्यांकले देखाएको छ। असार ०८० मा १८ अर्ब ६८ करोड रुपैयाँ रहेको सम्पत्ति असार ०८१ सम्म आउँदा झन्डै दोब्बर भई ३५ अर्ब ५० करोड रुपैयाँ पुगेको थियो। असार ०८२ मा यो रकम बढेर ५० अर्ब ५५ करोड रुपैयाँ भयो। त्यसपछि असोज मसान्तसम्म थप बढ्दै ५१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
845SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?