National life
cg eloctronics

एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|१७ मंसिर २०८२, बुधबार
657Shares
एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री
muktinatha bikash bank

काठमाडौं। तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन्।

सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ। बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष रु १६ लाख ५० हजारको सुन्तला बिक्री गरेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3

सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहेका उनले सुन्तला खेतीबाट मनग्य आम्दानी हुँदै आएको उल्लेख गर्दै गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री भएको जानकारी दिए। कालबहादुर रानाले आफूले चार लाखको सुन्तला बिक्री गरेको सुनाए।

उत्पादन भएका सुन्तला बिक्रीका लागि कुनै समस्या नरहेको उनको भनाइ छ। उनले भने, “ठेकेदार नै गाउँसम्म आउँछन्, सुन्तला बगानको मोलमोलाइ गरेपछि बोट किन्ने, टिप्ने, ढुवानी गर्ने सम्बन्धित ठेकदारले नै गर्छन्।”

everest bank

स्थानीय मनसिंह थापाले अन्य खेतीभन्दा सुन्तलाखेती गर्न सहज र मनग्य आम्दानी हुने गरेको बताए। उनले भने, ‘प्रत्येक वर्ष मंसिर महिनाभर बेनीकोट गाउँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ हुन्छ।’

थापाले यस वर्ष दुई लाख १० हजारको सुन्तला बिक्री गरे। भिरालो सडक रहेको र सडकको स्तरोन्नति नहुँदा सदरमुकामबाट नजिकै भए पनि सुन्तला ढुवानीमा समस्या भोग्नुपरेको व्यवसायी लेखबहादुर थापाले बताए। उनले भने, ‘अहिले दैनिक पाँच वटासम्म गाडीमा सुन्तला बजार पुर्‍याउने गरिएको छ। जोखिमपूर्ण बाटो भएकाले असहज भने छ।”

बेनीकोटमा एउटा किसानले न्यूनतम २० देखि ८०० सम्म वटासम्म सुन्तलाका बोट लगाएका छन्। यहाँको सुन्तला काठमाडौँ, चितवन, पोखरासम्म पुग्ने गरेको छ। मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका किसानको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले किसान यतिबेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन्। रासस

यो समाचार शेयर गर्नुहोस्
657SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?