National life

एकैदिन २९ सयले बढ्यो सुनको मूल्य : तोलाको २ लाख ४१ हजार बढीमा कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२४ कात्तिक २०८२, सोमबार
1.2kShares
एकैदिन २९ सयले बढ्यो सुनको मूल्य : तोलाको २ लाख ४१ हजार बढीमा कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुन प्रति तोला २९ सय रुपैयाँले महँगिएको हो।

महासंघले आज तेजाबी सुनको मूल्य तोलाको २ लाख ४१ हजार ५ सय रुपैयाँ तोकेको छ। आइतबार भने सुनको मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

Royal Enfield
nic asia capital
त्यसैगरी, छापावाल सुनको मूल्य पनि समान दरमा वृद्धि भई तोलाको २ लाख ४२ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यसैबीच, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आइतबार प्रति तोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५ रुपैयाँमा पुगेको छ । अर्थात् ५० रुपैयाँको वृद्धि भएको हो। बढ्दो सुन–चाँदीको मूल्यले नेपाली बजारमा गहना व्यवसाय प्रभावित हुने र खुद्रा कारोबार केही सुस्त हुने सम्भावना व्यवसायीहरूले बताएका छन्।

सुनको मूल्यमा आएको यो वृद्धि पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य र डलरको विनिमय दरमा भएको उतारचढावसँग सम्बन्धित रहेको व्यवसायीहरूले बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?