काठमाडौँ । नेपाली बजारमा लगातार चार कारोबारका दिन घटेको सुनको मूल्यमा आज ब्रेक लगाउँदै ठुलो परिमाणमा मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ७३ हजार ४ सय कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ८३५ रुपैयाँ पुगेको छ। सुनको मूल्य बढ्ने अन्तर्राष्ट्रिय कारण बाकी रहेको कारण मूल्यमा थप वृद्धि हुने महासंघले जनाएको छ ।
































