National life

एकैदिन ३५ सयले उकालो लाग्यो सुनको मूल्य, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२६ मंसिर २०८२, शुक्रबार
1.1kShares
एकैदिन ३५ सयले उकालो लाग्यो सुनको मूल्य, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको मूल्य एकैदिनमा ३ हजार ५०० रुपैयाँले बढेर प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

पछिल्ला केही दिनदेखि अन्तरराष्ट्रिय बजारमा भएको उतार–चढाव तथा स्थानीय माग आपूर्तिमा आएको परिवर्तनका कारण सुनको मूल्य निरन्तर उकालो लागेको महासंघले जनाएको छ। महासंघका अनुसार छापावाला सुनको मूल्य पनि उस्तै अनुपातमा बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी प्रतितोला १०० रुपैयाँले बढेर ३ हजार ९०५ रुपैयाँमा पुगेको छ। पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा चाँदीको कारोबार सक्रिय बन्दै गएको छ, जसको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?