काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज शुक्रवारका दिन सुन प्रतितोला तीन हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन भने सुन तोलामा एक लाख ८१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको ।

































