National life

एक सातामै १९ हजार ७०० रुपैयाँले सस्तियो सुनको मूल्य , कुन दिन कतिमा भयो कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०७ चैत २०८२, शनिबार
1KShares
एक सातामै १९ हजार ७०० रुपैयाँले सस्तियो सुनको मूल्य , कुन दिन कतिमा भयो कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा यस साता उल्लेखनीय गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, फागुन २९ गते शुक्रवार प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य क्रमशः घट्दै चैत ६ गते शुक्रवारसम्म आइपुग्दा २ लाख ९४ हजार ५०० रुपैयाँमा झरेको छ।

जस अनुसार, एक सातामै सुनको मूल्यमा कुल १९ हजार ७०० रुपैयाँको भारी गिरावट आएको छ, जुन पछिल्ला समयको उल्लेखनीय मूल्य सुधारमध्ये एक हो।

साताभरको मूल्य प्रवृत्ति विश्लेषण गर्दा सुरुवाती दिनहरूमा सामान्य उतारचढाव देखिए पनि पछिल्ला दिनहरूमा तीव्र गिरावट आएको स्पष्ट हुन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चैत १ गते आइतबार सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ कायम रह्यो भने चैत २ गते सोमबार सामान्य १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँ पुगेको थियो। त्यस्तै, चैत ३ गते मंगलबार पनि ४०० रुपैयाँले वृद्धि भई ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

तर, चैत ४ गते बुधबारदेखि बजारमा गिरावटको स्पष्ट संकेत देखियो, जहाँ सुनको मूल्य एकैदिन २ हजार २०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७०० रुपैयाँमा झरेको थियो। त्यसपछिका दिनहरूमा गिरावट अझ तीव्र बन्दै गएसँगै चैत ५ गते बिहीबार ५ हजार ४०० रुपैयाँले घट्दै ३ लाख २ हजार ३०० रुपैयाँमा आइपुग्यो भने चैत ६ गते शुक्रवार पुनः ७ हजार ८०० रुपैयाँले घटेर २ लाख ९४ हजार ५०० रुपैयाँमा सीमित भएको हो ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य समायोजन तथा माग–आपूर्तिको सन्तुलन परिवर्तन यसको प्रमुख कारण भएको बताएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?