National life

एक हजारका ४३ करोड थान नयाँ नोट छपाइ गर्दै राष्ट्रबैंक, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० भदौ २०८२, मङ्गलबार
1.8kShares
एक हजारका ४३ करोड थान नयाँ नोट छपाइ गर्दै राष्ट्रबैंक, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले रु १००० दरको नयाँ नोट छाप्ने भएको छ । त्यसका लागि राष्ट्र बैंकले ४३ करोड थान हजार रुपैयाँ दरका नयाँ नोट छपाइ र आपूर्ति गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ ।

आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै केन्द्रीय बैंकले रु १००० दरको नयाँ नोट छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरूलाई आग्रह गरेको हो। यसमा पूर्व–योग्यता प्राप्त सुरक्षा छापाखानाहरू मात्र सहभागी हुन पाउनेछन् ।

Royal Enfield
nic asia capital

बोलपत्र पेश गर्ने अन्तिम मिति २०८२ असोज २४ गते दिउँसो १२ बजेसम्म निर्धारण गरिएको छ भने सोही दिन दिउँसो १ बजे खोलिनेछ । यसका लागि बोलपत्र कम्तीमा १२० दिनसम्म वैध हुनुपर्नेछ ।

बोलपत्रसँगै न्यूनतम ६ करोड ४० लाख रुपैयाँ बराबरको जमानत अनिवार्य गरिएको छ, जसको म्याद ०८२ फागुन २५ सम्म कायम हुनुपर्नेछ । योग्य कम्पनीले प्रस्ताव पेस गर्दा २० हजार रुपैयाँ वा १४४ अमेरिकी डलर वा १२३ युरो वा १०७ पाउन्ड धरौटी राख्नुपर्नेछ।

राष्ट्र बैंकले छनौट गरेका कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्नेछ। धरौटी तिर्न वैकल्पिक रूपमा अमेरिकी डलर, युरो वा पाउण्ड स्टर्लिङमा पनि शुल्क तिर्न सकिने व्यवस्था छ । शुल्क राष्ट्र बैंककै खातामा जम्मा गर्नुपर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?