National life

एनआईबिएल स्टेबल फण्डको इकाईका लागि आवेदन दिने म्याद थप

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ माघ २०८०, शुक्रबार
600Shares
एनआईबिएल स्टेबल फण्डको इकाईका लागि आवेदन दिने म्याद थप
ncell

काठमाडौं। एनआइबीएल स्टेबल फन्ड बिक्री नभएपछि आवेदन दिने म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर माघ १६ गतेसम्म पुर्याइएको हो । अब लगानीकर्ताले यसमा माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन् । एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि यस म्युचुअल फन्ड बिक्री खुला गरेको हो ।

Royal Enfield
nic asia capital
एनआइबीएल स्टेबल फन्डको कुल १० करोड इकाई बिक्री खुला भएको हो ।

जसमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ । यस्तै, १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यो बन्दमुखी योजना हो । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?