National life

एनआईसी एशिया बैंकका ग्राहकलाई ल्याण्डमार्क रिसोर्ट्समा १५ प्रतिशतसम्म छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ भदौ २०८२, आइतबार
1KShares
एनआईसी एशिया बैंकका ग्राहकलाई ल्याण्डमार्क रिसोर्ट्समा १५ प्रतिशतसम्म छुट
ncell

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई ल्याण्डमार्क होटल्स एण्ड रिसोर्ट्समा सेवा लिँदा १५ प्रतिशतसम्मको छुट सुविधा उपलब्ध हुने भएको छ। बैंक र रिसोर्ट्सबीच विशेष सहमति भएअनुसार ग्राहकहरूले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विभिन्न सेवाहरूमा छुट प्राप्त गर्नेछन्।

सम्झौताअनुसार, एनआईसी एशिया बैंकका ग्राहकहरूले पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालित ल्याण्डमार्क रिसोर्ट्समा खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

उक्त छुटको लाभ लिन ग्राहकहरूले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नु पर्नेछ वा मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।

Royal Enfield
nic asia capital

बैंकले विश्वास लिएको छ कि यो सहकार्यले ग्राहकलाई अतिरिक्त सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन गर्न र नगदरहित कारोबार संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?