National life

एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीस्थित सिपी हस्पिटलमा २० प्रतिशतसम्म छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ भदौ २०८२, शुक्रबार
442Shares
एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीस्थित सिपी हस्पिटलमा २० प्रतिशतसम्म छुट
ncell

काठमाडौंँ । एनआईसी एशिया बैंकका ग्राहकले धनगढी, कैलालीमा अवस्थित सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

यसका लागि बैंक र सिपी हस्पिटल प्रा।लि।बीच सम्झौता भएको छ।

Royal Enfield
nic asia capital
सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन्।

ग्राहकले ओपीडी, पाथोलोजी, एक्स–रे, अल्ट्रासाउन्ड, एन्डोस्कोपी, कोलोनोस्कोपी, नर्मल बेड, एचडीयु/आइसीयु, एसी क्याबिन, शल्यक्रिया, औषधि तथा सीटी स्क्यान लगायतका सेवामा छुट उपभोग गर्न सक्नेछन्।

सुविधा लिनका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ। त्यस्तै बैंकको मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्दा पनि छुट लागू हुने बैंकले जनाएको छ।

यस सहकार्यले स्वास्थ्य उपचारमा आफ्ना ग्राहकलाई सहजता दिनुका साथै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?