काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले करिब पौने ३ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक समूहअन्तर्गत अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँ रहेको २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो।
अंकित मूल्य १ सय रुपैयाँ भए पनि बैंकले उक्त संस्थापक सेयर प्रतिकित्ता १४० रुपैयाँ दरमा बिक्रीमा राखेको छ। सो दरका आधारमा बैंकले कुल २ करोड ८० लाख रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा ल्याएको हो।
बैंकका अनुसार सेयर खरिदका लागि पुस २३ गतेदेखि माघ २ गतेसम्म आवेदन दिन सकिनेछ। यस संस्थापक सेयरमा व्यक्ति तथा संस्थागत लगानीकर्ता दुवैले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। उक्त सेयर बिक्रीको प्रबन्धकका रूपमा नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको बैंकले जनाएको छ।






































