National life

एनआरएन इन्फ्रास्ट्रक्चरको बम्पर घोषणा '४०% बोनस र २.१०५% नगद लाभांश प्रस्ताव'

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२६ कात्तिक २०८२, बुधबार
971Shares
एनआरएन इन्फ्रास्ट्रक्चरको बम्पर घोषणा '४०% बोनस र २.१०५% नगद लाभांश प्रस्ताव'
ncell

काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लगानीकर्ताका लागि बम्पर लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको कात्तिक २५ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि कुल ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ।

Royal Enfield
nic asia capital
यस्तै, कम्पनीको १२औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको हकप्रद सम्बन्धी निर्णयअनुसार हालसम्म हकप्रद निष्कासन नभएकाले, उक्त प्रस्तावलाई परिमार्जन गर्दै १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय पनि गरिएको छ।

कम्पनीले लाभांश र हकप्रद निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाउने मिति पनि तय गरेको छ। त्यसअनुसार, आगामी पुस ४ गते (बिहान ९ बजे) काठमाडौँस्थित आम्रपाली बैंक्वेट मा वार्षिक साधारण सभा आयोजना गरिनेछ। एनआरएन इन्फ्रास्ट्रक्चरले पछिल्ला वर्षहरूमा ऊर्जा, पर्यटन, र सूचना प्रविधि क्षेत्रका परियोजनामा लगानी गर्दै आएको छ। लाभांश वितरण र हकप्रद निर्गमनको यो निर्णयले कम्पनीका सेयरधनीहरूलाई सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
971SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?