काठमाण्डौ। एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ।
बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी शेयरधनीलाई वितरण गरिने जनाएको छ।

































