काठमाडौँ । एन आई सी एशिया बैंकले ग्राहकका आवासीय आवश्यकतालाई ध्यानमा राख्दै रू. ३ करोडसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नारासहित सुरु गरिएको यस योजनामा आकर्षक ब्याजदर तथा विभिन्न सेवा सुविधा समावेश गरिएको बैंकले जनाएको छ ।
यस योजनाअन्तर्गत न्यूनतम रू.
५० लाखदेखि अधिकतम रू. ३ करोडसम्मको कर्जा उपलब्ध हुनेछ । घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण वा पुनःनिर्माण, साथै घडेरी खरिद गर्नका लागि यो कर्जा प्रयोग गर्न सकिनेछ । सहज प्रक्रियाबाट उपलब्ध हुने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिलाई कर्जा–धितो सुरक्षण अनुपात अधिकतम ८० प्रतिशतसम्म रहनेछ भने अन्यका लागि अधिकतम ७० प्रतिशतसम्मको सुविधा उपलब्ध हुनेछ । बैंकले यस योजनाले घर निर्माण गर्ने ग्राहकको सपना पूरा गर्न ठोस सहयोग गर्ने विश्वास लिएको छ ।































