काठमाडौँ । एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकको खुद नाफा ३२.८० प्रतिशतले बढेको छ । प्रस्तुत वित्तीय विवरण अनुसार बैंकले ४ अर्ब ९१ करोड रुपियाँ मुनाफा आर्जन गरेको छ।
यस अवधिमा बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ५ अर्ब ६६ करोड रुपैयाँमा सीमित सञ्चालन मुनाफा बढेर ७ अर्ब ४५ करोड माथि पुगेको छ भने ७ अर्ब ६४ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ९ अर्ब १२ करोड बढी पुगेको छ ।
यस समिक्षा अवधिमा बैंकको निस्क्रिय कर्जा घटेर ०.३८ प्रतिशतमा सीमित बन्न पुगेको छ । बैंकको अघिल्लो वर्ष यही अवधिमा १३.९३ प्रतिशतमा सीमित रिटर्न अन इक्वीटी(आरओई) बढेर यो वर्ष १६.४४ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३६.२८ बाट बढेर २४७.३९ रुपैयाँको उचाईमा पुगेको छ ।
यस अवधिसम्म बैंकको कुल निक्षेप २ खर्ब ९८ अर्ब ८१ करोड तथा कुल कर्जा प्रवाह २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको निक्षेप २ खर्ब ३२ अर्ब ३१ करोड तथा कुल कर्जा १ खर्ब ७८ अर्ब २१ करोडमा सीमित रहेको थियो ।
बैंकको कस्ट अफ फण्ड अघिल्लो वर्षको ५.६४ प्रतिशतबाट घटेर ३.८७ प्रतिशतमा सीमित बनेको छ भने आधार दर ८.१३ बाट घटेर ५.२७ प्रतिशतमा आइपुगेको छ ।
बैंकले चौथो त्रैमाससम्ममा ४ अर्ब ९५ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ। बैंकले २६.६७ प्रतिशतले लाभांश क्षमता बढाई ३८.२७ प्रतिशत पुर्याएको छ । बैंकको अघिल्लो आवमा प्रति सेयर आम्दानी ३१.४७ रुपैयाँमा अघिले बढेर प्रतिसेयर आम्दानी ३७.९९ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा एभरेष्ट बैंकको तरलता अनुपात ३८.९४ प्रतिशत, सम्पत्तिमा प्रतिफल १.४९ प्रतिशत तथा पीई अनुपात १८.४७ गुणा कायम भएको छ ।































