National life

एभरेष्ट बैंकको नाफा ३५.५५ प्रतिशतले वृद्धि, अन्य सूचकांकमा पनि मार्‍यो छलाङ्ग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ वैशाख २०८२, आइतबार
573Shares
एभरेष्ट बैंकको नाफा ३५.५५ प्रतिशतले वृद्धि, अन्य सूचकांकमा पनि मार्‍यो छलाङ्ग
ncell

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । र्बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार उसले समीक्षा अवधिमा ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा यो अवधिमा नाफा ३२.५५ प्रतिशतले बढेको हो ।

Royal Enfield
nic asia capital
गत वर्षको यसैअवधिमा यस बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

सामीक्षा अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै यसको खुद नाफा बढेको हो । खुद ब्याज आम्दानी १९.७२ प्रतिशतले बढेर ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन आम्दानी पनि ३६.४१ प्रतिशतले बढेर ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष बैंकको ६३ करोड ७१ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रहेकोमा यस वर्ष घटेर २७ करोड २९ लाख ९८ हजारु रुपैयाँ आएको छ । चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको यसको रिजर्भ कोषमा १३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी ६.०६ रुपैयाँले बढेर ३५ रुपैयाँ ६१ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा छ ।

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?