National life

कम कर्मचारी राखेर बैंकिङ सेवा सुचारु गर्न राष्ट्रबैंकको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१९ असोज २०८२, आइतबार
1.1kShares
कम कर्मचारी राखेर बैंकिङ सेवा सुचारु गर्न राष्ट्रबैंकको निर्देशन
ncell

काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ । जसको प्रभावले देशभर वर्षा भइरहेको छ ।भारी र अति भारी वर्षापछि हुनसक्ने जनधनको क्षतिलाई मध्यनजर गर्दै सरकारले सार्वजनिक विदा दिएका दिनहरुमा अत्यावश्यक बैंकिङ सेवा कमभन्दा कम कर्मचारी उपस्थित गराई सञ्चालन गर्न राष्ट्रबैंकले निर्देशन दिएको छ ।

राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सामाजिक सञ्जालमा एक सूचना पोस्ट गर्दै अत्यावश्यक सेवाभित्र बैंकिङ सेवा पर्ने भन्दै बैंक तथा वित्तीय संस्थाले एटीएमको सेवा व्यवस्थापन तथा डिजीटल बैंकिग सेवा सुचारु हुने व्यवस्था गरी कमभन्दा कम कर्मचारीको उपस्थित गराई सेवा सञ्चालन गर्न भनेका हुन् ।

Royal Enfield
nic asia capital

पौडेलले भनेका छन्- 'यही असोज १८ देखि २० गतेसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको सूचना समेतलाइ मध्यनजर गरी नेपाल सरकारले असोज १९ र २० गते विपद् व्यवस्थापन र अत्यावश्यक सेवा दिने कार्यालयबाहेकमा सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ ।'

'बैंकिङ सेवा अत्यावश्यक सेवा अन्तरगत पर्दछ । यो बेलामा भौतिक रूपमा बैंकिङ सेवा लिनेभन्दा पनि सुरक्षित डिजिटल बैंकिङ सेवाको उपयोग गर्न अनुरोध छ । साथै, बैंक तथा वित्तीय संस्थाले समेत एटीएमको सेवा व्यवस्थापन तथा डिजिटल बैंकिङ सेवा सुचारू हुने व्यवस्था गरी कमभन्दा कम कर्मचारीको उपस्थित गराई अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्नुहुन अनुरोध छ ।' पौडेलले भने।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?