National life

कर्जा नउठ्दा बैंकिङ प्रणालीमा दबाब, गैरबैंकिङ सम्पत्ति एकै वर्षमा १३ अर्बले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१६ पुस २०८२, बुधबार
959Shares
कर्जा नउठ्दा बैंकिङ प्रणालीमा दबाब, गैरबैंकिङ सम्पत्ति एकै वर्षमा १३ अर्बले बढ्यो
ncell

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले समयमै कर्जा असुली गर्न नसक्दा पछिल्लो समय गैरबैंकिङ सम्पत्तिको आकार तीव्र रूपमा विस्तार हुँदै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंकिङ प्रणालीभित्र बढ्दो जोखिमको संकेत गरेको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति ५१ अर्ब ७ करोड ६० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यो रकम ३८ अर्ब २६ करोड १० लाख रुपैयाँ मात्र थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसरी एक वर्षको अवधिमा मात्रै गैरबैंकिङ सम्पत्ति करिब १२ अर्ब ८१ करोड ५० लाख रुपैयाँले बढेको देखिन्छ।

गैरबैंकिङ सम्पत्ति बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा (एनपीएल) पनि उकालो लागिरहेको छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म औसत निष्क्रिय कर्जा ५.२६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.४२ प्रतिशत रहेको थियो।

सबैभन्दा बढी गैरबैंकिङ सम्पत्तिको भार वाणिज्य बैंकहरूमा देखिएको छ। कात्तिक मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा ५.०३ प्रतिशत रहँदा गैरबैंकिङ सम्पत्ति ४३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा ४.५३ प्रतिशत र गैरबैंकिङ सम्पत्ति ३२ अर्ब ३३ करोड ७० लाख रुपैयाँ थियो। यस आधारमा एक वर्षमै वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति १० अर्ब ८५ करोड रुपैयाँभन्दा बढीले बढेको छ।

विकास बैंकहरूमा पनि गैरबैंकिङ सम्पत्तिको आकार क्रमशः बढ्दो क्रममा छ। कात्तिक मसान्तसम्म सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूको औसत निष्क्रिय कर्जा ६.०३ प्रतिशत पुगेको छ भने गैरबैंकिङ सम्पत्ति ४ अर्ब ८४ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विकास बैंकहरूको निष्क्रिय कर्जा ४.३७ प्रतिशत र गैरबैंकिङ सम्पत्ति ३ अर्ब ६६ करोड ३० लाख रुपैयाँ थियो।

nic asia capital

त्यसैगरी, फाइनान्स कम्पनीहरूको अवस्था झनै चुनौतीपूर्ण देखिएको छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूको औसत निष्क्रिय कर्जा १२.५२ प्रतिशत पुगेको छ। सो अवधिमा उनीहरूको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ४ करोड ३० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा १०.८४ प्रतिशत र गैरबैंकिङ सम्पत्ति २ अर्ब २६ करोड १० लाख रुपैयाँ रहेको थियो।

यो समाचार शेयर गर्नुहोस्
959SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?