National life

कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड घोटाला , १०४ जना फरार प्रतिवादी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ साउन २०८२, बिहिबार
461Shares
कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड घोटाला , १०४ जना फरार प्रतिवादी
ncell

काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंकमा अर्बौै रकम घोटाला भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले देखाएको छ।

सिआइबीले अनुसन्धान गरेको प्रतिवेदनमा कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड रुपैयाँ घोटाला भएको खुल्न आएको छ  । सिआइबीकै प्रतिवेदन अनुसार सवा ३ अर्ब रुपैयाँ घोटाला भएको र १११ जनालाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष निकालिएको छ।

सिआइबीका अनुसार बैंकले निक्षेपकर्ताको झण्डै ५ अर्ब रुपैयाँमध्ये ३ अर्ब २० करोड रुपैयाँ बैंकको भल्टबाट नै विभिन्न नक्कली कागजात बनाई बाहिर निकालिएको निष्कर्ष रहेको छ।

Royal Enfield
nic asia capital
साथै, भुवन बस्नेतसहित बैंकका पुर्वअध्यक्ष समेत १११ जनालाई प्रतिवादी बनाइएको सिआइबीले जनाएको छ ।

बस्नेत राष्ट्र बैंकको अधिकृत प्रथम (निर्देशक) पदबाट अवकाश भएका कर्मचारी हुन् ।  प्रतिवादीमध्ये ४ जना पक्राउ परेको र ३ जनाको मृत्यु भइसकेको छ भने १०४ जना फरार प्रतिवादी रहेको सिआइबीको अध्ययनले देखाएको छ। उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको सिआइबीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
461SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?