काठमाडौँ । आज गाईजात्राको अवसरमा बागमती प्रवेशमा सरकारले सार्वजनिक बिदा दिइएको छ । सरकारले बिदा दिएसँगै आज शेयर बजार र आंशिक रूपमा बैंक वित्तीय संस्था बन्द रहेका छन् ।
केही बैंकहरुले आफ्ना शाखामार्फत निरन्तर रूपमा सेवा दिएका छन् । वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केही शाखा खुला राख्ने निर्णय गरेका हुन्।
बैंकहरुले आफ्ना ग्राहकलाई नियमित सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले बिदाको दिनमा समेत शाखा सञ्चालन गरेको जनाएको छ ।
































