काठमाण्डौ । प्रभु बैंक लिमिटेडले कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले यस अवधिका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपमा ब्याजदर घटाएको हो ।
कात्तिक महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ, जुन असोज महिनामा प्रदान गरिएको ५.३५ प्रतिशतभन्दा ०.४ प्रतिशत अंकले कम हो।
बैंकले व्यक्तिगत मुद्दती निक्षेपका लागि अवधिअनुसार निम्न ब्याजदर तोकेको छः
६ महिना देखि २४ महिना : २.७५%
२४ महिना देखि ५ वर्ष : २.७५%
५ वर्ष देखि १० वर्ष : २.७५%
१० वर्षभन्दा माथि : ४.९५%
त्यस्तै, संस्थागत मुद्दती निक्षेप अन्तर्गत पनि ब्याजदर घटाइएको छ। कात्तिक महिनाका लागि संस्थागत निक्षेपमा बैंकले ६ महिना देखि १० वर्षभन्दा माथिसम्मका सबै अवधिमा २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ। असोज महिनामा संस्थागत मुद्दती निक्षेपतर्फ बैंकले अधिकतम ३.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो।
ब्याजदरमा गरिएको यो कटौतीसँगै प्रभु बैंक हाल बजारको घट्दो ब्याजदर प्रवृत्तिलाई पछ्याउँदै अन्य वाणिज्य बैंकहरूकै गतिमा रहेको देखिन्छ।
































