National life

कात्तिकसम्म कुल वैदेशिक व्यापार ७ खर्ब बढी : निर्यात १३% मात्र, व्यापार घाटा चुलियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०८ मंसिर २०८२, सोमबार
519Shares
कात्तिकसम्म कुल वैदेशिक व्यापार ७ खर्ब बढी : निर्यात १३% मात्र, व्यापार घाटा चुलियो
ncell

काठमाडौँ। भन्सार विभागले चालु आर्थिक वर्षको कात्तिकसम्मको वैदेशिक व्यापार तथ्यांक सार्वजनिक गरेको छ। जस अनुसार यस अवधिमा नेपालबाट कुल ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७७.५१ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको कात्तिकसम्म कुल निर्यात ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँ थियो।

Royal Enfield
nic asia capital
त्यसैगरी, चालु आर्थिक वर्षको कात्तिकसम्म कुल ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको विभागले जनाएको छ।

यो पनि गत वर्षको सोही अवधिको तुलनामा १८.७१ प्रतिशत बढी हो। गत आवमा सोही अवधिमा कुल आयात ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ थियो। यस अवधिसम्म कुल ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँको व्यापार घाटा देखिएको छ।

कात्तिकसम्म कुल वैदेशिक व्यापारको मूल्य ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ पुगेको छ। चार महिनाको अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा १३.३० प्रतिशत र आयातको हिस्सा ८६.७० प्रतिशत रहेको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?