National life

कानुन र प्रक्रिया मिचेर गभर्नर नियुक्ति गरिएको भन्दै पौडेलविरुद्ध अख्तियारमा उजुरी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ साउन २०८२, बिहिबार
558Shares
कानुन र प्रक्रिया मिचेर गभर्नर नियुक्ति गरिएको भन्दै पौडेलविरुद्ध अख्तियारमा उजुरी
ncell

काठमाडौँ।  कानुन र प्रक्रिया मिचेर गभर्नर नियुक्ति गरिएको भन्दै डा.विश्वनाथ पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

साउन ४ मा नै अख्तियारमा दर्ता भएको उजुरीमा विषय विज्ञता नभएको व्यक्तिलाई बलपूर्वक गभर्नर बनाउने काम भएको भन्दै राजनीतिक दलको सदस्य भएको व्यक्तिलाई गभर्नर बनाउनु पूर्णरुपमा अवैध भएको उल्लेख छ । साथै, आवश्यकता अनुसार गभर्नर बन्न पौडेलसँग योग्यता नभएको पत्रमा दाबी छ ।

Royal Enfield
nic asia capital

राष्ट्रभक्त नेपालीको नामबाट पौडेलविरुद्ध दर्ता भएको उजुरीको दर्ता नं.सी–००१२७६ छ । पौडेलले आफूलाई प्राध्यापक र डाक्टर लेक्ने गरे पनि उक्त उपाधिमा नै आशंका रहेको भन्दै उजुरीकर्ताले काठमाडौँ विश्वविद्यालयको कुन बैठक र निर्णयबाट उनी प्राध्यापक र डाक्टर भएका हुन ? उक्त विषय समेत छानबिन हुनुपर्ने माग गरिएको छ ।

पौडेलले ‘रिसोर्स एग्रिकल्चर’मा विद्यावारिधि गरेको भनिएको तर राष्ट्र बैंक ऐन, २०५८ ले दफा १५ को उपदफा २ को (क), (ख) र (ग) बमोजिम सरकारद्वारा गठित समितिले उपदफा ३ बमोजिम गभर्नर नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रमा स्नातकोत्तर व्यक्ति हुनुपर्ने उल्लेख छ भन्दै उजुरीमा पौडेलले सफ्टवेयर इन्जिनियरिङमा स्नातकोत्तर गरेकाले पनि गभर्नर बन्न योग्यता नपुग्ने जिकिर गरिएको छ।

गभर्नर पौडेल बैंक, वित्तीय क्षेत्रमा मुख्य शेयर लगानीकर्ता रहेको भन्दै उजुरीकर्ताले नैतिक र कानुनी हिसाबले पनि उनी गभर्नर बन्न नमिल्ने जिकिर गरिएको छ । पछिल्लो विवरणअनुसार गभर्नर पौडेलको २० करोडभन्दा ठूलो शेयरको पोर्टफोलियो देखिन्छ । पौडेलले चालु आर्थिक वर्षको लागि जारी गरेको मौद्रिक नीतिमा शेयर बजारलाई कृतिम रुपमा बढाउन बढी जोड दिएको देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?