काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मेची आँखा अस्पतालमा २ थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण गरेको छ।
बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठले यस सहयोगले अस्पतालमा सेवा लिन आउने सबै वर्गका बिरामीलाई लाभ पुग्ने विश्वास व्यक्त गर्दै, विशेषगरी आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका लागि यो सुविधा उपचार प्रक्रियामा सहजता ल्याउने बताए ।
साथै, उनले बैंकलाई यस्ता परोपकारी कार्यक्रमका लागि धन्यवाद ज्ञापन गर्नुभयो।































